पोखरामा गुरुङ चलचित्र ‘सैंबैं ट’ को प्रिमियर शो हुने
पाेखरा | कात्तिक २२, २०८०
पोखरा: पोखरामा आगामी मंसिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंबैं ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ ।
माओत्से गुरुङ फिल्मस् सँगको सहकार्यमा उचाई स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा मंसिर ९ गते बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।
रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
चलचित्रमा नायकका रुपमा विश्वात्मा गुरुङलाई देख्न सकिन्छ भने नायिकाकी रुपमा कृष्टि गुरुङले अभिनय गरेकी छिन् ।
यस्तै चलचित्रमा गजेन्द्र गुरुङ, सूर्य सुनुवार, डिबी गुरुङ, लालशोभा गुरुङ, प्रकृति गुरुङ, राममाया गुरुङ लगायत कलाकारको भूमिका रहेको छ ।
निर्देशक गुरुङका अनुसार गुरुङ समुदायको संस्कार, संस्कृति र परिवेशमा आधारित चलचित्रमा प्रेमको विषयलाई केनद्रमा राखेर फिल्म निर्माण गरिएको छ ।
पारिवारिक एवं प्रेमकथामा आधारित उक्त चलचित्रको छायांकन स्याङ्जाको कोल्मा, पोखरीछाप तथा पोखराका विभिन्न स्थानमा गरिएको निर्देशक गुरुङले जानकारी दिइन् ।
उनले चलचित्रमा प्रविधिक पक्षमा नयाँपनको अभ्यास गरिएको बताउदै चलचित्र विशेष बनेको बताइन् । चलचित्रको निर्मातासमेत रहेकी गुरुङले यसअघि लघु चलचित्र म्हैता (पाईला)को पनि निर्देशन गरेकी थिइन् ।
चलचित्र ‘सैंबैं ट’ (मनको फूल) को सम्पादन दिपेश गुरुङले गरेका छन् भने छायांकन सन्देश गुरुङले गरेका हुन् । विशेष प्रदर्शनको टिकट उचाई स्टुडियो प्रालि (९८०६७०४६७९) बाट प्राप्त गर्न सकिने निर्माण टिमले जनाएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

